बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

अर्थ

बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार लाग्दै

२२ असोज, काठमाडौं ।   बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार मेला लाग्ने भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठमा पशुपंक्षी हाट बजार संचालन हुँदा स्थानीय किसानहरुले नजिकै आफ्नो पशुपंक्षी व्यापार गर्न सक्ने भएकाले खुशि भएका छन्। स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले...

मुस्ताङ र डोल्पा सडक सञ्जाबाट जोडिँदै 

२१ असोज,म्याग्दी ।  मुस्ताङ र डोल्पा सडक सञ्जालबाट जोडिदैं छ।  गण्डकीको प्रदेशको मुस्ताङ जिल्ला र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको हो। हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि दुई प्रदेशको लागि यो सडक महत्त्वपूर्ण मानिएको...

बीपी र पुष्पलाल राजमार्ग जोड्न, सेनाले थाल्यो बेलिब्रिज निर्माण कार्य

  २० असोज,काठमाडौं । असोज १० देखि १३ गतेसम्मको लगातार वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण कार्य सेनाले थालेको छ। बाढीले बीपी र पुष्पलाल राजमार्ग जोड्ने सुनकोशी नदीको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो। रामेछापतर्फको आधा भाग...

नेपालमा उत्पादित विद्युत बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौता हुँदै

१७ असोज, काठमाडौं ।  नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्नका लागि आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निर्णय गरेको हो। निर्णय अनुसार नेपालमा उत्पादित ४० मेगावाट विद्युत...

आयल निगमले घटायो डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य

१५ असोज, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर २ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँले घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर, भलबारी,...

जौँ र उवाको म्याग्दीमा व्यावसायिक खेती

१४ असोज, काठमाडौं । म्याग्दीमा जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमामा परम्परागत बाली जौँ र उवाको व्यावसायिक खेती र उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुवात भएको छ।  परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास गरि किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यल...

वर्षाका कारण राजमार्ग अवरूद्ध हुँदा, हवाई उडानमा यात्रुको चाप

१३ असोज, काठमाडौं । लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई उडानमा यात्रुको चाप बढेको छ। यतिबेला विभिन्न राजमार्गहरू बन्द छन्। राजमार्गहरू बन्द भएसँगै यात्राका लागि विकल्प बनेको हवाईमार्ग मौसम खुले पछि यात्रुको चाप अत्याधिक बढेको छ।  मौसमम...

चितवन राष्ट्रिय निकुञ्जमा वर्षातले रोकिएको जंगल सफारी सञ्चालनको तयारी

१२ असोज, काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्जमा वर्षातले रोकिएको जंगल सफारी सञ्चालनको तयारी भईरहेको छ।  गत असार १६ गते देखि वर्षातका कारण रोकिएको चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो। निकुञ्ज संरक्षणका अनुसार निकुञ्जको पूर्वी क्ष...

नेपालको र चिनियाँ उपप्रधानमन्त्री बिच भेटघाट

११ असोज, काठमाडौं ।  नेपालको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ। बेइजिङस्थिति ग्रेट हलमा अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री बिच भएको भेटमा नेपाललाई चिन सरकारले प्रदान गर्दै आएको सहायताप्रति ध...

धवलागिरि हिमाल आरोहणका लागि अनुमति

८ असोज, काठमाडौं । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्।  म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहणका लागि आरोह समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहण अनुमति लिएको पर्यटन विभागले...

शरद ऋतुसँगै पदयात्राको याम सुरु 

५ असोज, काठमाडौं ।  शरद ऋतुसँगै पर्यटनको मुख्य याम पदयात्रा सुरु भएको छ।  पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण पदमार्ग सहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउनका लागी असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ। ट्रेकिङ एशोसिएसन अफ नेपा...

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा 

१ असोज, काठमाडौँ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो पर्वको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा गरिएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै...

आजदेखि काठमाडौंमा इन्द्रजात्रा सुरु हुँदै

३० भदौ, काठमाडौँ ।  आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भाद्र शुक्ल द्वादशी बाट सुरु हुने जात्रा आज देखि हुँदैछ।  वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्...

घट्यो अमेरिकी डलर र युरोको मूल्य  

२८ भदौ, काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। मलेसियन रिंगेट, युएई दिराम, हङ्कङ डलर,साउदी अरेबियन रियाल, कतारी रियाल, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्त...

काठमाडौं–भियतनाम पर्यटक आदनप्रदानका लागि दुई चार्टर्ड उडान हुँदै

२७ साउन, काठमाडौं । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न काठमाडौं–भियतनाम थप दुई चार्टर्ड उडान हुने भएको छ।  यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन। सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागेको जानकारी गराएको छ। नेपाल र भियतनामबिच पर्यटक आदन...

भारतबाट इजरायलले १५ हजार कामदार लैजाने

२७ भदौ, काठमाडौं ।  भारतबाट इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ स्वास्थ्य र निर्माण क्षेत्रका लागि १५ हजार भारतीय कामदार लैजाने भएको छ। कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। इजरायल सरकारले भारत सरकारलाई सम्पर...

दसैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जनाएको छ।  दसैं नजिकिय संगै नयाँ नोट साट्नेको चहलपहल बड्न थालेकोले असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभाग बाट नोट स...

वीरगञ्ज सुक्खा बन्दरगाह खाली कन्टेनरले सञ्चालनमा समस्या

२५ भदौ, काठमाडौं ।  वीरगञ्ज सुक्खा बन्दरगाहमा कोरोना महामारी देखि थुप्रिएका खाली कन्टेनरका कारण सञ्चालनमा समस्या आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र लिमिटेडका अधिकारीहरूबीच वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा सम...

किवी फल उत्पादनमा बृद्धि बजार अभाव

२४ भदौ,काठमाडौं ।  कालिकोटमा किवी खेती फस्टाए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि बजारको समस्या भएको छ।  नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ। रुप्साका अगुवा किसान जसमल बोगटीले रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई कि...

कैलालीमा उखु बिक्री गर्न समस्या हुँदा खेती घट्दो

२३ भदौ, काठमाडौं । कैलाली जिल्लामा नगदेबालीका रुपमा खेती हुँदै आएको उखु बिक्री गर्न समस्या भएपछि खेती घट्न थालेको छ। भने उखु बारीको क्षेत्र विस्तार हुन सकेको छैन।  उखुखेतीमा संलग्न किसानलाई बिउ, मल लगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तारमा समस्या भएको हो।उत्पादित उख...