मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

अर्थ

नेपाल वायु निगमका १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

२२ चैत, काठमाडौँ । नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्...

सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ । पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

२१ चैत, ढोरपाटन । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्।  बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने  बढ्दै छन्। शीतलता...

विश्व बैंकको प्रक्षेपण यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने 

२० चैत, काठमाडौं ।  यो चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।    ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै

१९ चैत, काठमाडौं ।  कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।   पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य गरिने निकुञ्जका...

झापाका किसान चैते धानखेतीतर्फ आकर्षित

१४ चैत, काठमाडौं । झापामा विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन्।   जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञा...

भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

१४ चैत, काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायतका व्यक्तिहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो...

शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरो

११ चैत, काठमाडौं  । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो।   धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्द...

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा

९ चैत, काठमाडौं ।  बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।   भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा म...

सुनकोशी मरिन डाइभर्सन ः ‘ब्रेक थ्रू’को तयारी

९ चैत, काठमाडौं ।  तराई–मधेशमा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।   आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३...

सरकार र सहकारी पिडित बिच सहमति, आन्दोलन स्थगित

८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरू बीच ८ बुँदे सहमति भएको छ । अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको हो।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण...

हिउँले खुम्बु क्षेत्र सेताम्मे

८ चैत, सोलुखुम्बु । चैतमा परेको हिउँले खुम्बु सगरमाथा क्षेत्र सेताम्मे बनेको छ। बुधबार देखि सुरु भएको भारी हिमपात सगरमाथा क्षेत्रमा अहिले पनि परिरहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँ खेलेर खुम्बु क्षेत्रमा पर्यटक, बालबालिकाहरु रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए।...

दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

७ चैत, काठमाडौं ।  दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो। ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समिति...

एक करोड बाँस चुरे क्षेत्रमा रोप्छौँ ः प्रधानमन्त्री दाहाल

६ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा...

सुर्खेतको अख्तियार कार्यालयमा २ हजार उजुरी

३ चैत, काठमाडौं । सुर्खेतको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दुई हजार ३९ उजुरी पुगेको छ। कर्णाली प्रदेशको १० जिल्ला बाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आवको एक हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले राससलाई जानक...

भरत तालमा पर्यटकको घुइँचो बढेपछि निजी क्षेत्रको लगानीमा सुविधा थप

२६ फागुन, काठमाडौं । मधेस प्रदेश अन्र्तगत पर्ने सर्लाही जिल्लाको बाग्मती नगरपालिकाले निर्माण गरेको भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढ्न थालेको छ। निजि लगानीमा निर्माण भएको भरत तालमा २ वर्ष अघि बोटिङको मात्रै सुविधा रहेको थियो। भने अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा...

सेयर बजारमा तीव्र उतारचढाव 

२६ फागुन,काठमाडौं । तीव्र उतारचढावका बिच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ। यो साताको पुँजीबजारमा पनि देखिएको छ। साताको पहिलो दिन आइतबारको कारोबार पछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।...

क्रसबोर्डर डिजिटल भुक्तानी नेपाल–भारतको अन्तिम चरणमा

२६ फागुन, काठमाडौं । क्रसबोर्डर डिजिटल भुक्तानीसम्बन्धी सम्झौता पत्र आदनप्रदान गर्दै दुई देशका प्रतिनिधि जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्...

६ प्रतिशत बढ्यो नेप्से सेयर कारोबार स्थगित

२१ फागुन, काठमाडौं । सेयर बजारमा सोमबार ३ पटक पोजेटिभस सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो।    २० मिनेटपछि खुलेको कारोबारमा ५...

सुदूरपश्चिमका दुग्ध उत्पादक किसानले दुध पोखेर गरे सडकमा प्रदर्शन

१८ फागुन, काठमाडौं । कैलाली, कञ्चनपुर र डडेल्धुराका दुग्ध उत्पादन गर्ने किसानले असोज १६ देखि दूधको भुक्तानी पाउन बाँकी छ। लामो समयसम्म दुग्ध विकास संस्थान बाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरुले कैलालीको अत्तरियामा दुध पोख्दै प्रदर्शन गरेका छन्। अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किस...